समाचार
जन्मदिनका अवसरमा समाजसेवी गुरुङद्धारा उपचारमा सहयोग
रेडियो आँधीखोला
वालिङ, १६ भाद्र ।
वालिङ ८ का समाजसेवी, तथा शिक्षक टिकराज गुरुङले आफ्नो जन्मदिनका अवसरमा उपचारको लागी सहयोग प्रदान गर्नुभएको छ । वालिङ नगरपालिका वडा नं. ७ केँवरे सपौँदेका ४ वर्षकी बालिका कुशुम परियारको सिघ्र स्वास्थ्य लाभो कामना गर्दै आफ्नो खाजा खर्चबापतको रकम सहयोग गर्नुभएको हो । आफ्नो चार महिनाको खाजा खर्च बचत गरेर १० हजार रुपैँया शुक्रबार कुशुमको घरमै पुगेर कुशुमकी आमालाई उक्त रकम प्रदान गर्नुभएको हो ।
कुशुम विगत नौ महिनादेखि अनौठो रोग पिसाब थैलीमा किटाणु संक्रमण पिसाबबाट किटाणु निस्काशन हुने रोगबाट पिडित रहनुभएको परिवारले जनाएका छन् । छोरीको उपचारको लागी कुशुमका बुवाआमाले धेरै अस्पतालहरुमा उपचार गराउँदा ै भएको पैसा खर्च गरिएको परिवारले जनाएका छन् । हरेक वर्ष जन्मदिनकै बहानामा धेरै फजुल खर्च गर्नुभन्दा असाहय, विपन्न,बृद्धबृद्धा, भिन्न क्षमता, दीर्घ रोगी भएकाहरुलाई सानै भएपनि सहयोग गर्ने परिपाटीको विकास गर्न सकियो भने समाजमा केहि परिर्वतन आउने गुरुङको भनाई छ ।
आफ्नो जन्मदिन विषेश बनाउनका लागी अर्को व्यक्तिको जिवनमा खुसी ल्याउने खालका नयाँ र रचनात्मक कार्य गर्ने, सके सहयोग गर्ने नसके सकरात्मक सोँचको विकास गर्ने तथा जन्मदिनकै बहानामा धेरै रकम खर्च गर्न नहुँने गुरुङको धारणा छ ।