अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

रोटरी क्लबद्धारा तिजको शुभकामना आदानप्रदान

news

 
वालिङ, २२ भाद्र ।
रोटरी क्लब अफ वालिङ सिटिले तिज विषेश शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महिलाहरुको महान पर्व तिजको अवसरमा क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्दघाटन गर्दै गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले तिज पर्वले महिलाहरुलाई एकआपसमा एकिकृत गरी विकास र समृद्धिमा लाग्न अभिप्रेरित गर्ने बताउनुभयो । 
महिलाहरु देशका विभिन्न क्षेत्रका नेतृत्वदायी भुमिकामा पुगिरहेको भन्दै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । तिज पर्वको महत्व विषेश रहेको भन्दै यस्ता पर्वहरुले महिलाहरुमा थप उर्जा र उल्लासका साथ समाज परिर्वतनमा लाग्न पे्ररणा मिलेको सांसद तिवारीको भनाई छ । पर्व विषेशलाई तडक भडकरहित बनाउनुपर्ने भन्दै पर्वहरुको मौलिक संरक्षणमा जोड दिँदै बहुसाँस्कृतिक देश नेपाल भएको भन्दै यस्ता पर्वहरुले नेपालीहरुलाई सशक्त बनाउने बताउनुभयो । 
कार्यक्रमको उद्दघाटन समारोहमा उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, सामुदायिक क्याम्पस संघ प्रदेश सदस्य युवराज पाठक, वडा प्रहरी कार्यालयका डिएसपि इकवाल हवारी, नेकपा एमाले प्रदेश सदस्य खगिसरा थापा, अनेम संघ उपाध्यक्ष मन्जु केसी, युवा संघका जिल्ला अध्यक्ष सुशिल खनाललगायतको उपस्थिति रहेके थियो । 
क्लबका अध्यक्ष सिता पाण्डे डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव जैसरा रेग्मीले संचालन गर्नुभएको थियो । क्लबले क्लबका दिदिबहिनी, सामुदायिक डायलाईसिस केन्द वालिङका दिदिबहिनी, वडा वालिङ प्रहरी कार्यालयका महिला कर्मचारी, वालिङ साना किसान सहकारीका महिला पदाधिकारी तथा कर्मचारीलगायत वालिङका दिदिबहिनीहरुका लागी तिज विषेश कार्यक्रमको आयोजना गरेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...