अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि बाल बिद्या वालिङलाई

news

 
रेडियो आँधीखाला
वालिङ, ३० भाद्र ।
वालिङमा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । स्पन्दन युनाईटेड क्लब भकुण्डेको आयोजनामा अन्तर विद्यालय स्तरीय प्रतियोगिता गरिएको हो । कार्यक्रमको उद्दघाटन गर्दै उपप्रमुख कविता तिवारीले खेलले बालबालिकाहरुको शारिरिक तथा मानसिक विकास गर्ने बताउँदै विद्यार्थीलाई किताबी ज्ञानको अलावा यस्ता खेलकुद प्रतियोगितामा समेत सक्रिय राख्नुपर्ने बताउनुभयो । साथै उपप्रमख तिवारीले खेल तथा खेलाडिको व्यवसायिक विकासका लागी नगरपालिकाले उचित योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । 
वालिङलाई खेलकुदको उद्दगम स्थल बनाउनका लागी यस्तै प्रतियोगिताले सहयोग गर्ने भन्दै यस्ता अतिरिक्त क्रियाकलापमा क्रियाशिल हुन क्लबहरुलाई आग्रह गर्नुभयो । 
प्रतियोगिताको उपाधि बाल विद्या विकास मावि वालिङले जितको छ । फाइनल खेलमा प्रतिस्पर्धा गरेको भुपु कम्युनिटी एकेडेमी बयरघारीलाई ५–० गोलले हराउँदै बाल विद्याले उपाधि जितेको हो । उपाधि सहित बाल विद्याले १० हजार शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता भुपु कम्युनिटी एकेडेमी बयरघारीले ५ हजार शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ११ गोल ल्याउँदै भुपु कम्युनिटी एकेडेमी बयरघारीका दिप्सन गुरुङ हाई स्कोर, वेस्ट प्लेयर बाल बिद्याका सिजन सारु, डिफेन्सर बाल बिद्याकै कल्याण खाँण, मिट फिल्डरमा विनोद गुरुङ र किपरमा सुसन कोइराला घोषित भएका छन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...