अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

तेल र ग्यासमा फेरि भाउ बढेपछि उपभोक्ता थप मारमा, सहुलियत दिनुपर्ने सरकार मौन

news

 

असोज १४, काठमाण्डाै - चाडपर्वको बेला सहुलियत पाउनुपर्नेमा नागरिक थप महँगीको मारमा परेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ ।

ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

बढेको मूल्य अनुसार अब काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ तथा डिजल र मट्टीतेलको एक सय ७९ रूपैयाँ पर्नेछ ।  अरु ठाउँमा भाउ फरक फरक छ । खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर  २ हजार एक सय १० रूपैयाँ पर्नेछ ।

याे पनि पढ्नुहाेस् ।

 

डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ता अझै मारमा पर्नेछन् । महँगीले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको छ । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन ।

मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा चासो दिइएको छैन । दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

दशैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको छ । मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारमाथि दबाब बढ्दो छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...