अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विद्यार्थीसंग माछापुच्छ्रे अन्तरक्रिया कार्यक्रम

 
 
रेडियो आँधीखोला,
अशोज १६ ।
माछापुच्छे्र बैंकले २३औं वार्शिकोत्सवका अवसरमा विद्यार्थीसंग माछापुच्छ्रे विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । बैंकले वालिङ बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका कायम मुकायम प्रमुख युवराज पाठकले क्याम्पसका विद्यार्थीहरुलाई इन्टरसीप गराउनका लागी क्याम्पस र बैंकसंग सम्भौता रहेको जानकारी गराउँदै यस्ता कार्यक्रमहरु अन्य दिनहरुमा पनि गर्नुपर्ने बताउनुभयो । 
माछापुच्छ्रे बैंकका वालिङ शाखा प्रबन्धक खेमनारायण काफ्लेले विद्यार्थीहरुलाई बेैंक विद्युतिय कारोबार सम्बन्धी जानकारी गराउँदै सहजीकरण गर्नुभएको थियो । त्यस्तै बैंकका विपना आचार्यले बैंकमा ऋण लिनुको फाइदा लगायत बैंकिङ कारोबारलगायतका विषयमा सम्बन्धि सहजीकरण गर्नुभएको थियोे । साथै विद्यार्थीहरुले बचत गर्दा हुने  फाइदा तथा रेमिट्यान्सको बारेमा समेत सहजीकरण गरिएको थियो । 
कार्यक्रममा बंैकका विवेक घिमिरेले पछिल्लो समय मोबाईलबाट कारोबार हुने फाईदा, डिजिटल बैंकिङ र पाईनान्सलगायतको विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई बैैकिङहरुको विषयमा प्रश्न सोधी सहि उत्तर मिलाउनेलाई डायरी पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन क्याम्पसका सहायक क्याम्पस प्रमुख जगनाथ पंगेनीले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...