अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ नगरपालिकामा सामुदायिक विद्यालयमा प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट चयन गरिने

news

 
वालिङ, २२ असोज ।
 
वलिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाइ गुणस्तरीय बनाउनको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ । वालिङ नगरपालिको नगरभित्रका आधारभुत तह ८ वटा र माध्यामिक तह तर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यपक चयन गर्ने निर्णय गरेको हो । पहिले चरणमा आधारभुत तह कक्षा १–८ संञ्चालित सवै विद्यालय र माध्यामिक तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने भएको छ । 
 
खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभएको छ ।  यसैगरि सवै सरकारी कर्मचारि जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि आफ्ना नानिबाबुहरुलाइ सामुदायिक विद्यालयमा पढाउने गरि वालिङ नगरपालिकाले अनुरोध गर्ने नगर प्रमुख खाँणले जानकारी दिनुभयो । 
 
वालिङ नगरपालिका भित्रका शिक्षकहरुले आधारभुत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यामिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...