समाचार
राष्ट्रिय युवा संघ स्याङ्जाको शुभकामना आदानप्रदान
रेडियो आँधीखोला
वालिङ, २ कार्तिक ।
राष्ट्रिय युवा संघ स्याङ्जाको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी, दिपावली, छठ नेपाल संवतलगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदाप्रदान स्याङ्जामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य सिमा क्षेत्रिले युवा संघ पार्टीको मेरुदण्ड भएको भन्दै सम्पुर्ण युवाहरुलाई रचनात्मक कार्यमा अग्रसर गराउन युवा संघको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
नेपालीहरुले परापुर्व कालदेखि नै असत्य माथि सत्यको जितको उपलक्ष्यमा हर्सोल्लासका साथ मनाउँदै आईरहेको दशैँ पर्वसहित यहाँ मनाईने सम्पुर्ण पर्वहरुको फरक किम्वदन्ती रहेकाले यस्ता पर्वमा हुने विभिन्न गतिविधि वैज्ञानिक दृष्ट्रिकोणले समेत सकरात्मक रहेको क्षेत्रिले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, सांसद सधिरकुमार पौडेल, जिल्ला अध्यक्ष सुर्य पारस गैह्रे, प्रदेश सदस्य खिम थापा, राष्ट्रिय युवा संघका प्रदेश कमिटि संयोजक विकास अधिकारी, जातिय मुक्ति समाजका जिल्ला अध्यक्ष मेघ प्रनेश, एमालेका युवा फाँट इन्चार्ज गिरमान गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष पिताम्बर खनाल शुसिलको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष राजन पोख्रेलले स्वागत र संचालन सचिव राधाकृष्ण शर्माले गर्नुभएको थियो ।