समाचार
राम्दीमा रहेको जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त
रेडियो आँधीखोला
वालिङ, ११ कार्तिक ।
स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीमा रहेको जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको छ । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा संचालित जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको हो ।
‘एक दिन एक दाता’ कार्यक्रम अन्तर्गत आश्रममा आज स्याङ्जाको वालिङ नगरपालिका १, रामबाच्छा बस्ने लोकराज कोइरालाले आफ्ना स्वर्गिय बुवा खेम नारायण कोइराला तथा स्वर्गिय दिदी देवका अर्याल (कोइराला) को पून्य स्मृतिमा आश्रममा रहनुभएका जेष्ठ नागरिकको भोजनका लागि छ हजार ५० प्रदान गर्नुभएको छ ।
यस्तै, वालिङ नगरपालिका ९ हेल्थपोष्ट चोक बस्ने अनुदवेग डुम्रेको जन्मदिनको शुभ–अवसरमा आश्रमलाइ भोजन स्वरुप छ हजार पाँच सय ५५ प्रदान गर्नुभएको छ । उहाँका हजुरबुवा कृष्ण प्रसाद डुम्रे तथा सिताराम डुम्रे एवम् आमा इन्दिरा डुम्रेको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।