अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, देशका सबै भागबाट देख्न सकिने

news

 

कात्तिक ११, काठमाण्डाै - आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ । यस्तै, एसिया, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।

यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो । गएको वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।     

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...