समाचार
स्याङ्जा बिश्व हिन्दू महासंघले तनहुँमा महायज्ञ गर्ने
वालिङ, कार्तिक १४ ।
नेपाल राष्ट्रको शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने मुल उदेश्य राखेर विश्व हिन्दू महासंघ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । वेदको उजागर भएको तनहुँको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञगर्ने भएको हो । कात्र्तिक १६ गतेदेखी २३ गतेसम्म संचालनहुने महायज्ञको वचनकलाका अद्धितीय मर्मज्ञ विद्धान भागवतालङ्कार पंण्डित नेत्रप्रसाद पराजुलीले कथा वाचन गर्ने आयोजकले जनाएका छन् । पराजुली विश्व हिन्दूमहासंघका केन्द्रीय सदस्य समेतरहनुभएको छ ।
विश्व शान्ति तथा सामाजिक सदभावका लागि श्रीमदभागवत महायज्ञ तनहुँमा गर्न लागिएको महायज्ञ मुलआयोजक समितिका संयोजक तथा विश्वहिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिनुभयो । उहांका अनुसार वेद अनुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तनहुँ र विश्वहिन्दू महासंघ तनहुँ सहयोगीका रुपमा रहेको बताउनुभयो । वेद अनुयायी प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय दमौली तनह्ँको व्यास गुफामा महायज्ञ संचालन हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन भइसकेको आयोजकले जनाएको छ । १००१ सदस्य रहेको मुलआयोजक समितिले कार्य सम्पादन समितिको सभापतिमा अध्यक्ष हरीहर पाण्डे, आर्थिक उपसमितिको संयोजकमा अनन्त राजशर्मा, प्रचार प्रसार उपसमितिको संयोजकमा पुष्पकमल रेग्मी, अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा भुपराज वगाले, संचार समन्वय उपसमितिको संयोजकमा श्रीकृष्ण सिग्देल, मन्च व्यवस्थापन उपसमितिको संयोजकमा केशव पराजुली र अथिति सत्कार उपसमितिको संयोजकमा गोविन्द पंगेनी रहेको महायज्ञ मुलआयोजक समितिका महासचिव पदम प्रसाद पाण्डेले बताउनुभयो ।
महायज्ञको तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । महायज्ञहुने स्थलमा आयोजक आइतबार नै टोलीप्रस्थान गरेको छ । टोलीले दमौली लगायत देशभरका हिन्दूधर्मा लम्बीहरुलाई निमन्त्रण, भेटघाट र अन्य तयारीका कार्यक्रम गर्ने छ । महायज्ञको उदघाटन नेपाल ऋषि, संस्कृतविद् डा. जगमान गुरुङ्ले गर्ने तयारी रहेको महा सचिवपाण्डेले बताउनुभयो । महायज्ञ सफल बनाउन र कथा वाचन सुन्न सबै हिन्दु सनातन लगायत अन्य धार्मिक व्याक्तित्वलाई समेत आग्रह गरेको छ ।