अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

डोटीमा जीप दुर्घटना, आठ महिनाकी बालिकासहित चार जनाको ज्यान गयो

news

 

कात्तिक १९,  काठमाण्डाै - डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...