अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

प्रदेशको पहिलो प्राथमिकता स्वास्थ्यः मुख्य मन्त्री पाण्डे

news

रेडियो आँधीखोला
वालिङ, २२ कार्तिक ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको पहिलो प्राथमिकता स्वास्थ्य भएको बताउनुभएको छ । मंगलबार स्याङ्जाको वालिङमा स्वास्थ्य संस्थाहरुको भवन उद्दघाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । 
प्रदेशका नागरिकको सहज पहुँचमा स्वास्थ्य पु¥याउने भन्दै ठुला अस्पताल भन्दा आवश्यकताको आधारमा विशेषज्ञ सहितको अस्पताललाई प्रदेशले प्राथमिकता दिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नागरिकको सहज पहुँचमा स्वास्थ्य पु¥याउने हाम्रो पहिलो प्राथमिकता हो । उपचारको अभावमा कोही पनि नागरिकको अकालमा मृत्यु नहोस् भन्ने हेतुका साथ प्रदेशले विभिन्न जिल्लाहरुमा नागरिकलाई पायक पर्ने स्थानहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरी सोही अनुसारको जनशक्ति र उपकरणको व्यवस्था गर्नेछ ।”
गण्डकी प्रदेश हरेक क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्दै नागरिकको हित हुने कार्यमा सबैले सहकार्य र हातेमालो गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड छ । नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको ग्यारेन्टीका लागि सरकार हरसंभव लागिपरेको उहाँले बताउनुभयो । प्रदेशका दुर्गम जिल्लाहरुमा आधारभुत आवश्यकताहरुको पनि सहज परिपुर्ति नभईरहेको अवस्थामा वर्तमान सरकारले प्रदेशका दुरदराजमा पनि नागरिकको जिवन सहज र सरल बनाउने प्रयास गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका आर्थिक विकास समिति संयोजक तथा सांसद भोजराज अर्याल, गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत उपप्रमुख कविता तिवारीले गर्नुभएको थियो भने नगर प्रमुख कृष्ण खांणको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद वडा नं १२ का अध्यक्ष विश्वजंग गुरुङले गर्नुभएको हो । 
वडा नं १२ को सिर्सेकोटमा भौतिकरुपमा स्वास्थ्य चौकीको उद्दघाटन गरिएपनि वालिङका अन्य १२ वटा स्वास्थ्य संस्थाको मुख्यमन्त्री पाण्डेले भर्चुअलरुपमा उद्दघाटन गर्नुभएको थियो । वालिङको १२ सहित, १, २, ३, ५, १०, ११, १२, १३ र १४ मा गरी विभिन्न १२ वटा स्वास्थ्य चौकीको उद्दघाटन गरिएको हो । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...