अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

दुई ठुला चाडलाई विदाई गरेका स्याङ्जाका किसानलाई कोदो स्यार्हार्ने चटारो

news

 
रेडियो आँधीखोला
वालिङ, ४ मंसिर ।
नेपालीहरुको महान चाड दशै र तिहार सकिएको छ । परिवार आफन्तको जमघटमा महान चाडको विदाईसंगै मुठी खाएर मुरी उब्जाउने ध्येयका साथ लगाएको बाली भित्र्याउन अहिले स्याङ्जाका कृषकलाई भ्याईनभ्याई छ । कार्तिक पहिलो हप्ताबाट कोदो पाक्न शुरु हुन्छ भने मंसिर पहिलो हप्तासम्म कोदो टिप्ने कार्य गरिन्छ । दुखको खेतिको रुपमा लिईने कोदो खेति जिल्लामा पछिल्लो समय कम हुन थालेको छ । जंगली बन्यजन्तुका कारण र ग्रामिण भेगबाट मानिसहरु शहरबजारतिर स्थानान्तरण हुँदा कोदो खेति गर्ने क्षेत्रफल कम हुँदै गएको पाईन्छ । अन्य बालीको व्यवसायिक खेति गरिएपनि कोदोको  व्यवसायिक खेति गरिएका छैन् । रैथाने बाली अन्र्तगतको कोदो परम्परागत रुपमै लगाउने गरिएको छ। 
गाउँघरमा युवा जनशक्ति कम हुँदा पनि कोदो खेति पछिल्लो समय निकै कम भएको स्थानीयले बताएका छन् । कोदो टिप्ने काममा व्यस्त भीरकोट ५ की विष्णुकुमारी रानाले १२ देखि १५ मुरीसम्म कोदो भित्र्याएको सुनाउँदै अहिले मुस्कीलले ५ मुरी सम्म कोदो भित्र्याउने गरिएको बताउनुभयो । पछिल्लो समय मौसम प्रतिकुल हुनु मृग, खरायो जस्ता जंगली जनावरले कोदो खेतिमा क्षति गर्नु जस्ता कारणले पहिला भन्दा अहिले कोदो खेति गरिने बारीहरु बाँझिदै गएको उहाँले बताउनुभयो । 
ग्रामिण  वस्तीबाट शहर तथा तराईमा बसाईसराई हुन थालेपछि पनि गाउँका कोदो हुने बारीहरु बनले ढाकिएका छन् । उता पुतलीबजार नगरपालिका ११ का राजन लामिछानेले पनि अहिले मुस्कीलले ३ मुरीसम्म कोदो फल्ने बताउनुभयो । पहिला पहिला बुवाको पालामा अहिलेको भन्दा दुई गुनाले कोदो  भित्र्याउने गरिएको स्मरण गर्दै अहिले मुस्किले ३ मुरी कोदो फलाउने गरिएको बताउनुभयो । कोदो हुने पहाडी क्षेत्रमा उत्पादन कम हुँदै जाँदा माग भने बढि देखिन्छ । अहिले पाँचतारे होटेलदेखि शहरका ठुला होटलहरुमा समेत कोदोको माग उच्च रहेको छ । 
कोदोका लागी निकै धेरै मेहेनत र परिश्रम चाहिने भएपछि पछिल्लो समय कृषकहरू नगदे बालीमा आकर्षित भएका छन् । कोदोको राम्रो बजार नपाउँदा पनि कृषकको यसप्रति आकर्षण नदेखिएको हो ।
कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्त्व दिने गरेको पाइन्छ तर पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबाली हो । पोषण तत्त्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैमाभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।
जिल्लामा प्राय स्थानहरूमा लगाइने कोदो खेती प्रवर्द्धनका लागी ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको दाबी गरेको छ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रम मार्फत जिल्लाका धेरै कोदो हुने स्थानहरूमा यस्ता खालका कार्यक्रम हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । 
साना तथा मझौला बजेटबाट जिल्लामा रैथाने बाली प्रवर्द्धन कार्यक्रम हुने गरेको केन्द्रको भनाई छ ।  कृषि ज्ञान केन्द्र स्याङजाका अनुसार अघिल्लो वर्ष १४ हजार ७ सय ६६ हेक्टर जमिनमा १६ हजार २ सय ४२ मेट्रिक्टन कोदो उत्पादन भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...