अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङजामा १२ औ कर दिवस मनाईयो

news

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर ।
स्वच्छ, पारदर्शी र प्रबिधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुसासन भन्ने नाराका साथ १२ औ कर दिवस मनाइएको छ । करदाता सेवा कार्यालय पुतलीबजारको आयोजनामा दिवस तथा कर सप्ताह कार्यक्रम मनाइएको हो । दिवसको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले कर प्रणालीलाई बलियो बनाउदै यसका उपयोगिताका बारेमा प्राथमिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । ब्यवसाय गरे वापत नागरिकले बुझाएको करबाटै विकास निर्माण लगायत सामाजिक सुरक्षामा लगानी गर्दै आएको उहाले बताउनुभयो । 
 कार्यक्रममा आन्तरिक कर कार्यालय पोखराका प्रमुख शिव शर्मा, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्श स्याङ्जाका प्रथम उपाध्यक्ष राजु अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा खिलुङकालिका कन्स्ट्रक्सनका प्रवन्धक दिपक अर्याललाई उत्कृष्ठ करदाता सम्मान गरिएको छ । 
यसैगरी करदाता सेवा कार्यालयका डाटा इन्ट्री सुब्बा सुभासचन्द्र मरासीनीलाई सम्मान गरिएको छ । वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने क्रमश ः ओजश्वी रेग्मी, आयुष्मा ढकाल र एलिसा केसीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । छोटो भिडियो बनाएका रोशनी केसीका समूहलाई पनि सम्मान गरिएको थियो । करदाता कार्यालय प्रमुख बिजय भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुब्बा ममता पंगेनीले संचालन गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...