समाचार
लायन्स क्लब अफ भीरकोटलाई बेस्ट इमर्जिङ अवार्ड
रेडियो आँधीखोला
वालिङ, ११ मंसिर ।
लायन्स क्लब अफ भीरकोटले दुई वटा अवार्ड प्राप्त गरेको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ एम अन्तर्गतको क्याविनेट मिटिङ कार्यक्रमका अवसरमा भीरकोट लायन्स क्लबले बेस्ट इमर्जिङ अवार्ड र उच्चतम सक्रियता अवार्ड प्राप्त गरेको हो ।
नेपाल भरिमा लायन्स क्लब अफ भीरकोट उत्कृष्ट हुदै उक्त पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष यामप्रसाद अधिकारी ‘लक्ष्मण’ले जानकारी दिनुभयो । लायन्स क्लब अफ भीरकोट स्थापना भएपछि पहिलो पटक क्याविनेट मिटिङमा क्लवले सहभागिता जनाएको समेत उहांले बताउनुभयो । क्लबको ३१ जना सदस्यमा १० जना क्याविनेट बैठकमा सहभागि भएका थिए ।
लायन्स क्लब अफ भीरकोट यस क्षेत्रका सामाजिक व्याक्तित्वहरु आवद्ध भएर यसै वर्ष मात्र स्थापना भएको क्लब हो । कार्यक्रममा सहभागी वक्ताहरुले यसै बर्ष मात्र स्थापना भएको क्लबले सामाजिक र मानवीय सेवाका क्षेत्रमा नमूना र सिर्जनशील कामहरु गरेर सबैका लागि उदाहरणीय बन्न सफल भएको बताए । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एमका गभर्नर भिमलाल पौडेलले लायन्स क्लब भीरकोटले अझ राम्रो कामगर्ने विश्वास व्यक्तगर्दै यो क्लब सबैकालागि प्रेरणा हुने बताउनुभयो ।
लक्षित वर्ग र समुदायमा सामाजिक सेवाका कार्यक्रम गर्न लायन्स क्लब अफ भीरकोट प्रतिवद्ध भएर लागि परेको क्लबले जनाएको छ । आफ्नो एक वर्षे कार्यकालमा कार्य समितिको वैठकमा छलफल गरेर हङगर रिलिफ, बालबालिकाको आंखा चेक जाच, महिलाको पाठेघरको चेकजांच, रक्तदान,बृक्षारोपण, दुर्गम क्षेत्रमा सेनिटरी प्याड वितरण लगायत नेतृत्व बिकास तालीम, सदस्य बिस्तार, सामाजिक जनचेतनामूलक कार्यक्रम, फेलोशिप कार्यक्रम र कानुनी सचेतनालगायतका कार्यक्रमहरु गर्ने क्लबका अध्यक्ष अधिकारीले बतानुभये । लायन्सका माध्यमबाट समाजमा योगदान दिन सकिने देखेर नै लायनवादमा प्रवेश गरेको अधिकारीको भनाई छ । यसले नेतृत्व विकासको अवसर र आपसी भाईचाराको सम्बन्धको निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको अधिकारीले बताउनुभयो ।