समाचार
राम्दीमा रहेको जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त
रेडियो आँधीखोला
वालिङ, १५ मंसिर ।
स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीमा रहेको जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको छ । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा संचालित जेष्ठ नागरिक आश्रमका लागि सहयोग प्राप्त भएको हो । ‘एक दिन एक दाता’ कार्यक्रम अन्तर्गत आश्रममा आज स्याङ्जाको वालिङ नगरपालिका ५, पाडेथोक बस्ने नर्मदा लामिछानेको चौरासी पुजाको अवसरमा भोजन स्वरुप आश्रमलाई छ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्नुभएको छ । सोमबार ८४ पुजा सम्पन्न गरी उहाँका छोराहरु तथा बुहारीहरुको उपस्थितिमा आश्रमलाइ भोजन स्वरुप तुलादान बापत रु ६,१५१÷– प्रदान गर्नुभएको हो ।
यस्तै, पुतलीबजार नगरपालिका –१४, लामागे पण्डीतथर बस्ने टिकाराम उपाध्यायले आश्रमलाई भोजन स्वरुप छ हजार एक सय रुपैयाँ प्रदान गर्नुभएको छ । स्वर्गिय नरकुमारी पौडेलको स्मृतिमा उपाध्याय सहित उहाँको परिवारले आश्रमलाइ भोजन स्वरुप रु६,१००÷– प्रदान गर्नुभएको हो । सामुदायिक रेडियो तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष ध्रुबबन्धु पौडेलको व्यवस्थापनमा वृद्धाश्रमलाइ यो सहयोग रकम प्राप्त भएको हो ।
यस्तै, भिरकोट नगरपालिका ८, दम्सुरा खोला बस्ने टेक नारायण रेग्मी तथा धन कुमारी रेग्मीको चौरासी पूजाको अवसरमा पनि आश्रमलाइ भोजन स्वरुप रु६,१११÷– प्रदान गर्नुभएको छ । आश्रममा जन्मोत्सव, विवाह उत्सव, स्मृति दिवस लगायतका अवसरहरुमा विभिन्न व्यक्ति तथा संस्थाले भोजनका लागि रकम सहयोग गर्दै आएका छन् । आश्रममा २३ जना जेष्ठ नागरिकहरुले आश्रय लिएर बस्दै आउनुभएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।