अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लायन्स क्लब भीरकोटको आँखा शिविरबाट ४ सय ६७ जना बालबालिका लाभान्वित

news

 
 
रेडियो आँधीखोला
वालिङ, १९ मंसिर ।
स्याङ्जाको  भीरकोट नगरपालिकामा  विद्यार्थीहरूका लागि संचालित ३ दिने आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भीरकोटले “विद्यार्थीसँग लायन्स कार्यक्रम” अन्र्तगत आयोजना गरेको ३ दिने निशुल्क आँखा शिविरबाट  ४ सय ६७ जना बालबालिका लाभान्वित भएका छन्।
भीरकोट १ खेलमैदानमा आयोजित निशुल्क आँखा जाँच शिविरको सोमबार समापन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले  लायन्स क्लब अफ भीरकोटले आँखा जस्तो संवेदनशील विषयमा  शिविर संचालन गरेकोमा आभार व्यक्त गर्दै आयोजक र सहयोगी निकायहरूको प्रशंशा गर्नुभयो ।  लायन्सले सामाजिक कार्यहरूलाई प्रथामिकता दिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि जनताको चाहना बमोजिमका स्वास्थ्य जाँच शिविर संचालन गर्न लायन्सको अग्रसरता रहने अपेक्षा व्यक्त गर्नुभयो ।  
लायन्स क्लब अफ भीरकोटका अध्यक्ष याम प्रसाद अधिकारी ( लक्ष्मण) लायन्स क्लब समाज सेवाको भावनाले नै स्थापित भएकाले सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो । भीरकोट नगरपालिकाको बालमैत्री अभियानमा सहयोग पुगोस् भन्ने हेतुले निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको बताउँदै अध्यक्ष अधिकारीले लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना र अभिभावकहरूको माग अनुसार बालबालिका र विद्यार्थीहरूलाई लक्षित कार्यक्रम गरिएको बताउनुभयो ।
गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा आँखा रोग विशेषज्ञ डा. लक्ष्मी ओली, डा. शुभेच्छा दाहाल र डा. सुरमाया अधिकारीको टोलीले सेवा दिनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...