अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुर्णामृत भवानी माविमा शिक्षक तालिम शुरु

 
रेडियो आँधीखोला
वालिङ, २५ मंसिर ।
पुर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० फुलबारीमा शिक्षक तालिम शुरु भएको छ । पुर्व विद्यार्थी मञ्चको प्रायोजन, विद्यालयको आयोजना एवं व्यवस्थापन तथा अनुसन्धान तथा मानव स्रोत व्यवस्थापन संस्था काठमाडौको सञ्चालनमा विद्यालयका शिक्षकहरुको शिक्षक तालिम शुर भएको हो । कार्यक्रममा पुर्व विद्यार्थी मञ्चका अध्यक्ष डा. अग्निप्रसाद काफ्ले, सहसचिव तथा वालिङ नगरशिक्षा समितिका सदस्य यमकान्त खनालले शिक्षक तालिमको औचित्य, तालिम कार्यक्रमको रुपरेखा, तथा पुर्व विद्यार्थी मञ्चले शैक्षिक सुधारका लागी गरेको कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।  
तालिममा पुर्व विद्यार्थी मञ्चका अध्यक्ष एवं पुर्व प्रधानाध्यापक डा.अग्निप्रसाद काफ्ले, रिसर्ज एण्ड ह्युमन रिर्सोस म्यानेजमेन्टका पुर्व निर्देशक डा. खेमराज काफ्ले, दुर्गाप्रसाद उपाध्यायले सहजीकरण गर्नुहुनेछ ।  तालिम मंसिर ३० गतेसम्म चल्नेछ । तालिममा विद्यालयका शिक्षकहरुको संख्यालाई मध्यनजर गर्दै यो तालिममा पहिलो समुहका २२ जना शिक्षकलाई सहभागि गराईएको छ । बाँकी रहेका शिक्षकहरुको लागी जाडो विदाका अवसरमा तालिम संचालन गरिनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...