अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

पाचँपालिकाको राष्ट्रपति रनिङ शिल्ड गर्ने तयारी

 
रेडियो आँधीखोला
वालिङ, २८ मंसिर ।
स्याङजाका दुई नगरपालिका र तीन गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गर्ने तयारी गरेका छन् । पुतलीबजार, वालिङ नगरपालिका तथा हरिनास, फेदिखोलाँ र आधिखोला गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गर्ने तयारी गरेका हुन् ।
 
पुतलीबजार नगरपालिकाले मङसिर २९ गते देखि पुस १ गते सम्म पुतलीबजार खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड गर्ने छ भने वालिङ नगरपालिले पुस ४ गतेबाट ७ गते सम्म औद्योग्रिक ग्रामको मैदान बैडीमा पहिलो राष्ट्रपति रनिङ शिल्ड गर्ने तयारी गरेको छ । यस्तै हरिनासले मङसिर २८ गतेबाट ३० गते सम्म चित्रेभञ्ज्याङमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड र आधिखोलाँले पुस १ गतेबाट ३ गते सम्म छैटौ राष्ट्रपति रनिङ शिल्ड त्रि सहिद माबि पञ्चमुलमा गर्ने छ । 
 
यस्तै फेदिखोलाँ गाउँपालिकाले पुस ६ र ७ दामगाडे खेल मैदानमा पाचौँ राष्ट्रपति रनिङ शिल्ड गर्ने तयारी गरेको अध्यक्ष घनश्याम सुबेदीले बताउनुभयो । खेलकुदमा भलिबल, कबड्डी, एथलेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प छात्र÷छात्रा हुने छ । 
 
पालिकामा भएको प्रतियोगिमा प्रथम र द्धितिय तथा समुहगतमा एक टोलीले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने छन् । यसअघि भिरकोट र गल्याङ नगरपालिका तथा अर्जुन चौपारी, कालिगण्डकी र विरुवा गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड गरिसेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...