अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको ६७औँ नियमित रचना वाचन

news

 
रेडियो आँधीखोला
वालिङ, २८ मंसिर ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको ६७औँ नियमित रचना वाचन सृंखला आज सम्पन्न भएको छ । वालिङ ६ मिर्दिको नेचुरल भ्युपोईन्टमा सम्पन्न कार्यक्रममा सिटिईभिटिईका पुर्व सदस्य सचिव डा. अग्निप्रसाद काफ्लले भेषजराजले साहित्यीक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्दैै स्याङ्जालाई साहित्यको उर्वर भुमिका रुपमा चिनाउन भेषजराजको महत्वपुर्ण हात रहेको स्मरण गर्नुभयो । कार्यक्रममा टिआईटिआईका पुर्व निर्देशकद्धोय दुर्गाप्रसाद उपाध्याय र खेमराज काफ्ले, वालिङ नगरका निर्वतमान प्रमुख दिलिपप्रताप खांणले भेषजराज शर्माको साहित्यीक योगदान नियमित रचना वाचन कार्यक्रमको महत्वबारे चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष डा. अच्युतशरण अर्यालले नेपाली बाल साहित्य सीर्जना र समीक्षा अवधारणा विषयक कार्यपत्र पेश गर्नुभएको थियो भने साहित्यकारहरु शम्भु अर्याल, लेखनाथ काफ्ले, दमकुमारी बगाले, विष्णु अर्याल, खेमराज काफ्ले, दुर्गा उपाध्याय, यमकान्त खनाल, रामचन्द्र केसी, अनन्तराज पंगेनी, अग्निप्रसाद काफ्ले लगायतले आफ्ना सीर्जना तथा रचना प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन उपाध्यक्ष विष्णुप्रसाद अर्याल र सचिव श्यामप्रसाद ढुंगाना र स्वागत डा. अच्युतशरण अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...