अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुन चौपारीको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ

news

रेडियो आँधीखोला
वालिङ, २९ मंसिर ।
स्याङ्जाको अर्जुन चौपारी  गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं ४ को वडा कार्यालय रापाकोटमा गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाका समस्या र आवश्यकतालाई दृष्टिगत गरि वडा र टोल तह सम्म क्रमश विकास निर्माणको काम अगाडी बढेको बताउनुभयो ।
 
अध्यक्ष तिवारीले हेलु अर्जुनचौपारी सडकलाई पीच गरि पीच नभएको पालिकाको पहिचानलाई फेर्न सफल भएको बताउँदै अब सो क्रमलाई बढाउँदै लैजाने बताउनुभयो । उहाँले पालिकामा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि काम थालनी गरेको बताउँदै युवा, दलित र महिलाका लागि सीपमूलक तालिम प्रदान गरि उद्यमी सृजना गर्ने बताउनुभएको थियो ।
 
कार्यक्रममा स्थानीयले पालिकाको विकास निर्माण, खानेपानी समस्या, शैक्षिक सुधार, विउविजन उपलब्धता, पिछडीएका बर्ग लक्षित विकास कार्यक्रम, बाँदर नियन्त्रण लगायतका जिज्ञाशा एवं धारणा राखेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले चौमासिक प्रगति समीक्षा राख्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...