अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङमा सञ्चालित एकीकृत घुम्ती शिबिर वडा नम्बर ४ मा सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, २९ मंसिर ।
स्याङ्जाको गल्याङ नगडरपालिकाको आयोजनामा सञ्चालन भैरहेको एकीकृत घुम्ती शिबिर हिजो वडा नम्बर ४ मा सम्पन्न भएको छ । वडा वडाका उपभोक्ताको हितलाई मध्यनजर गर्दै गल्याङ नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिबिर वडा नम्बर ४ को वडा कार्यालयमा सम्पन्न भएको हो । शिविरमा योजना सम्झौता सहित कृषि, पशु तथा स्वास्थ्य जाँच गराउनेहरुको घुइचो देखिएको छ ।
 
वडा नम्बर ४ मा बिहीबार भएको शिबिरमा ८२ प्रतिशत योजना सम्झौता भएको छ । शिबिरमा ४१ वटा योजना मध्ये ३४ वटाको योजना सम्झौता भएको हो । शिबिरमा उपभोक्ता समितिको २५ वटा बैंक खाता सञ्चालन गरिएको छ । शिबिरमा एक सय ३९ जनाले चिकित्सकबाट स्वास्थ्य परिक्षण गराएका छन् । शिबिरमा ७० जनाको स्तन क्यान्सरको परिक्षण गरिएको छ । यस्तै ५८ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ । यसैगरी १८ जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने दुई जनाको फिस्टुलाको उपचार गरिएको छ ।
 
शिबिरमा ३५ जनाले माटो परिक्षण गराएका छन् भने ३० जनाले बाली परामर्श पनि लिएका छन् । यस्तै १७९ जना कृषकले गोबर तथा दुध परिक्षण गराएको गल्याङ नगरपालिकाले जनाएको छ । जुका माटे औषधी बाख्राका लागि दुई सय ३६ वटा तथा बंगुरका लागि १० वटा वितरण गरिएको छ ।
 
एकीकृत घुम्ती शिविरमा हिजो देखि भिडियो एक्सरे सहितको स्वास्थ्य परिक्षण सेवा समेत भएको छ । यसअघि शिबिरको उद्घाटन समारोहमा गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले गाउँ गाउमा रहेका जनता लाई घरघरमा पुगेर सेवा प्रदान गरि स्थानीय सरकारको अनुभुती गराउन खोजिएको बताउनुभयो । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले शिबिरमा सम्पूर्ण सेवाहरु एकै ठाउबाट उपलब्ध भएकोमा स्थानीयमा उत्साह बढेको बताउनुभयो ।
 
उपभोक्ता समितिका पदाधिकारी योजना सम्झौता गर्नका लागि नगरपालिकामा जाँदा हुने सम्पूर्ण खर्च वडा बाट एकीकृत घुम्ती शिविर संचालनले गर्दा सहज भएको सेवाग्राहीको प्रतिक्रिया छ । एकीकृत घुम्ती शिबिर आज वडा नम्बर २ मा हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...