अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आजदेखी शुरु हुदैँ

news

 
रेडियो आँधीखोला
वालिङ, ४ पौष ।
वालिङमा आजदेखि राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता शुरु हुदैछ । वालिङ १० औद्योगिक ग्राममा हुने प्रतियोगिताका लागी तयारी पुरा भएको छ । प्रतियोगिताका लागी ग्राउण्ड सम्याउने, तारजाली राख्ने, मञ्च निर्माणलगायतका कार्य सम्पन्न भएको हो । प्रतियोगिताको बारेमा हिजो पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलनमा नगरप्रमुख कृष्ण खांणले वालिङमा रहेका ओझेलमा परेका स्थानहरुलाई समेत अगाडि ल्याउनका लागी प्रतियोगिता औद्योगिक ग्राममा आयोजना गरिएको बताउनुभयो । 
वालिङमा रहेका सार्वजानिक जग्गाहरुको संरक्षण पनि हुने र ओझेलमा परेका ठाउँको प्रचार समेत हुने भएपछि प्रतियोगिता फरक स्थानमा आयोजना गरिएको प्रमुख खांणले बताउनुभयो । खेलाडि उत्पादनका लागी विद्यालय तहदेखि नै लाग्नुपर्ने भन्दै राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताले विद्यालय स्तरबाट खेलाडिहरु उत्पादन गर्न थप टेवा पुग्ने भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिईने समेत प्रमुख खांणले बताउनुभयो । 
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले सहभागिा जनाउदैछन् । प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेश गरिएको खेल संयोजक दिपेन्द्र खांणले बताउनुभयो । भुम्रेका घरघरमा स्वागत स्वरुप फुलका कलशहरुले स्वागत गर्ने समाजले जनाएको छ ।
यस्ता प्रतियोगिताबाट स्थानीय तह, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म खेलाडिहरु पुग्न सक्ने भन्दै खेलाडि उत्पादनको जग स्थानीय तहको प्रतियोगिता नै हुने खांणले बताउनुभयो । राष्ट्रपति कपको जिल्लास्तरीय प्रतिस्पर्धामा व्यक्तिगततर्फ प्रथम र द्वितीय तथा भलिबलमा एक टिम सहभागी हुनेछ भने जिल्लाबाट छनौट भएका प्रदेशमा प्रतिष्पर्धा गर्न पाउँनेछन् । प्रतियोगतामा सहभागि हुने खेलाडि तथा अतिथिहरुका लागी भुम्रे नेवा समाजले स्वागत गर्नेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...