समाचार
वालिङका ब्युटिसियनद्धारा देउसीभैलोको रकम बिरामीको उपचारका लागी सहयोग
रेडियो आँधीखोला
वालिङ, ५ पौष ।
वालिङमा रहेका ब्यटिसियनहरुले तिहारमा गरिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकम विरामीहरुलाई सहयोग गरेको छ । नेपालीहरुको महान पर्व तिहारका अवसरमा खेलिने देउसी भैलोको मौलिकपना संरक्षणसंगै सामाजिक कार्यमा पनि ब्युटिसियन जुटिरहेको छ भन्ने सन्देश प्रवाह गर्नका लागी पनि हरेक वर्ष वालिङमा रहेका व्युटिसियनहरुले देउसीभैलो कार्यक्रम मार्फत संकलन हुने रकम यसरी सामाजिक कार्यमा लगाउँदै आईएको वरिष्ठ व्युटिसियसन तथा व्युटिपार्लर एशोसियसनका अध्यक्ष पुष्पा अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिको रुपरंगसंगै समाजलाई पनि श्रृंर्गान सक्छन व्युटिसियनले भन्ने सन्देश प्रवाह गर्न हामीले विगतका वर्षदेखि नेै यस्ता कार्यक्रम गर्र्र्दै आएका छौँ । व्यक्तित्वसंगै समाज र राष्ट्रलाई सभ्य बनाउन व्युटिसियनहरु पनि लागिपरेका छौ ।” ब्युटिसियनहरुले आज एक कार्यक्रम गरी वालिङ ९ का दुर्घटनामा परी घाईते भएका चन्द्रबहादुुर गुरुङ र वालिङ १३ की क्यान्सर पिडित शान्ता विकको उपचारको लागीे १५÷१५ हजार सहयोग गरेका हुन् ।
वालिङ माझकोट ३ घर भई ९ मा ज्यालादारी काम गरी बस्दै आएका गुरुङ दुर्घटनामा परी पोखरामा उपचाररत हुुनुहुन्छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा नं. ९ क अध्यक्ष अमृत श्रेष्ठ र १३ का अध्यक्ष नमलाल डुम्रे, व्युटिपार्लर एशोसियसनकी अध्यक्ष पुष्पा अर्याल, एशोसियसनकी संस्थापक अध्यक्ष दुर्गा थापालगायतले बोल्नुभएको थियो । वक्ताहरुले व्युटिसियनहरुले पर्वको मौलिकपना संरक्षण संगै सामाजिक कार्यमा समेत उक्तिकै सक्रिय रहेको भन्दै पं्रसशा गर्नुभएको थियो ।
कार्यक्रमको संचालन व्यटिसियन तथा व्युटिपार्लर एशोसियसनकी सचिव पमिला गुरुङले गर्नुभएको थियो । गतवर्ष पनि वालिङका व्युटिसियसनहरुले देउसीभैलो खेलेर केलादीघाटमा रहेको आश्रमका लागी ८० हजार बराबरको सामाग्री प्रदान गर्नुभएको थियो । साथै वालिङ ११ मा रहेको पर्यटकीय स्थल बाहुनथानमा समेत फलामको कुर्ची राखिने वरिष्ठ व्युटिसियन अर्यालले जानकारी दिनुभयो ।