अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

news

 

पुस १०, काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो तीन बजे उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । उहाँ गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिन प्रधानमन्त्ती प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।   

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...