समाचार
जातजातीबीच विभेद गर्नु हुन्न ः कानुन मन्त्री गुरुङ
वालिङ, १४ पौष ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जातजातीबीच विभेद तथा फाटो ल्यान नहुँने बताउनुभएको छ । शुक्रबार तमु ह्यालाँ छोँज धी गुरुङ राष्ट्रिय परिषद स्याङ्जाको आयोजना र तमु समाज सेवा समिति वालिङको समन्वयमा वालिङमा आयोजित ल्होसार पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जनताको जीवनस्तर माथि उकास्न रगत र पसिनाको बलिदानी दिएको स्मरण गर्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो“जातिविषेश कार्यक्रमहरुलाई सम्बोधन गर्दा ख्याल गर्नुपर्ने भन्दै नेपालका हरेक जातजाति समुदाय पर्व सम्पुर्ण मेरा जनता हुन् । जनताको समृद्धिका लागी सानै उमेरमा मैलो रगतको बलिदानी दिएको छु ।” राजनिति कठिन यात्रा भएको भन्दै राजनितिमा धेरै उकाली ओराली र घुम्तीहरु आउने बताउनुभयो ।
हरेक जातिविषेश पर्वलाई सम्बोधन गर्ने पछिल्लो परिपाटीले देश चलाउन नसक्कीने भन्दै सबै जातजातिलाई समन्वय गरेर देशलाई नेतृत्व गर्न सकिने मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“पछिल्लो समय यस्तो प्रवृत्ति पनि देखिएको छ । गुरुङको पर्वमा जाँदा सबै तिम्रै हो भन्ने, मगरकोमा त्यस्तै भन्ने नेवारकोमा त्यस्तै भन्ने यस्तै प्रवृत्ति बढ्दै गयो भने देश चल्न सक्दैन ।”
कार्यक्रममा तमु छोँजधी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष ल्या. यामबहादुर गुरुङ, तमु छोँजधी गुरुङ राष्ट्रिय परिषदका गण्डकी प्रदेश अध्यक्ष पदमराज गुरुङ, वालिङ नगरउपप्रमुख कविता तिवारी, वडा अध्यक्षहरुको तर्फबाट फेँदिखोलाका वडा अध्यक्ष अभिलास गुरुङलगायतले बोल्नुभएका थियो । कार्यक्रम तमु छोँजधी गुरुङ राष्ट्रिय परिषद स्याङ्जाका अध्यक्ष रवि गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो संचालन सचिव ईश्वर गुरुङले गर्नुभएको थियो ।
यसैबीच गुरुङ समुदायले आफ्नो भेषभुषा र झाँकी सहित पैदल यात्रा समेत गरेका थिए । पञ्चेबाजा सहितको पैदल ¥यालीले वालिङ बजार परिक्रमा गरेका ।
शास्त्र हराए, संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ परम्परा हराए अस्तीत्व हराउँछ भन्ने नाराका साथ तमु सेवा समाज वालिङले आयोजना गरेको ल्होसार कार्यक्रममा विभिन्न कार्यक्रम संगै पुस १६ गते ल्होसारको समापन हुने समाजले जनाएको छ ।