अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ महोत्सवको मिति तोकियो, महोत्सव स्थलको अन्योल

news

 
वालिङ, १६ पौष ।
स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ । माघको १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने आठौं वालिङ महोत्सव २०८० को मिति तोकिएपनि अहिले सम्म कुन ठाउँमा गर्ने हो भन्ने टुङ्गोमा पुग्न सकेको छैन । 
सातौ महोत्सव सम्म वालिङ खेलमैदानमा सम्पन्न गरेको संघले आठौ महोत्सव खेलमैदानमा हुन्छ भनेर भन्न नसक्दा महोत्सव हुने स्थान अन्योलमा परेको हो । वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार लगाएको छ । 
खेलमैदानलाई नगरपालिका र केही युवाक्लवले तारवार लगाएपछि महोत्सव खेलमैदानमा गर्ने निर्णय वालिङ उद्योग वाणिज्य संघले नसकेको हो ।  महोत्सव आयोजना गर्न दिदा उक्त संरचना भताभुङ् हुने डरले नगरपालिकाले खेलमैदान भन्दा पनि बसपार्कमा महोत्सव गर्न सुझाव दिएको छ । तर महोत्सव खेलमैदानमै गर्ने व्यवस्था मिलाईदिन संघले आग्रह गर्दै आएको छ । यो चरण झण्डै एक महिनादेखी चलिरहेको छ । महोत्सवको स्थान अन्योलमा हुँदा वालिङ ९ का वडावासीले औद्योगीकग्राम बैडीमा गर्न माग गर्दै नगरपालिका र वालिङ उद्योग वाणिज्य संघमा डेलिगेन समेत गरेका छन् । 
लाखौं रुपैया खर्चेर निर्माण गरिएको खेलमैदानलाई संरक्षण गर्नुपर्ने र महोत्सव बैडीमा गर्दा राम्रो हुने सुझाव सहित वालिङ ९ का वडावासीले नगरपालिका र संघलाई दवाव दिदै आएका छन् । वालिङ ९ मा रहेको औद्योगीकग्राममा महोत्सव गरेर पछाडी परेको वडालाई अगाडी ल्याउन आग्रह गर्दै डेलिगेसन गएको वडा अध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो । यता संघका अध्यक्ष चेतनारायण श्रेष्ठले नगरपालिकाले खेलमैदानको बिषयमा टुङ्गो नलगाईदिदा स्थान अन्योलमा परेको स्विकार गर्नुभयो । नगरपालिकाले लगानी गरेको दुवोलाई जस्तातस्तै बनाईदिन्छौ भनेर भनेका छौं अध्यक्ष श्रेष्ठले भन्नुभयोे,‘यस बिषयमा नगरपालिकाले सहयोग नगर्दा अन्योलमा प¥यौं ।’ मेला गर्नका लागि बसपार्क ठिक छ तर संघले महोत्सव गर्ने हो त्यसैले खेलमैदानमै हुनपाउनुपर्छ उहांले भन्नुभयोे । अब छिट्टै महोत्सव खेलमैदानमै गर्न पाउनेगरी नगरपालिकाले टुङ्गाउनेमा हामी विश्वस्थ रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
महोत्सव सफल बनाउने दायीत्व पनि नगरपालिकाको रहेकोले महोत्सव खेलमैदानमा गर्ने बिषयको टुङ्गो छिट्टै लाग्ने नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । संघले वालिङका राजनीतिकदल, सरोकारवाल, क्लवका प्रतिनिधि सबैको रोहवरमा बसेर खेलमैदानमा महोत्सव गर्नुपर्ने सुझाव नगरपालिकालाई दिएको र नगरपालिकाले यस बिषयमा छिट्टै टुङ्गोमा पु¥याउने उहांले बताउनुभयो । खेलमैदानको जग्गा व्यवस्थापनको लागि नगर प्रवक्ता पदमराज गुरुङ्को संयोजकत्वमा ३ सदस्यीय समिति बनाएका छौं उहांले भन्नुभयोे,‘उक्त समितिलाई यो बिषयमा पनि टुङ्ग्याउन जिम्मेवारी दिएका छौं ।’  समितिको सुझाव र कार्यपालिकाले नै यसको टुङ्गो लगाउने भएकाले यो बिषयमा अहिले बोल्न नमिल्ने प्रमुख खाँणले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...