समाचार
रेडियो आँधीखोला सम्मानित
रेडियो आँधीखोला,
वालिङ १६ पुस ।
४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा रेडियो आँधीखोला सम्मानित भएको छ । नेपाली कांगे्रस जिल्ला कार्यसमितिले आयोजना गरेकोे ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा संचार जगतमा उल्लेखनीय योगदान पु¥याएको भन्दै आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा रेडियो आँधीखोलालाई सम्मान गरेको हो ।
नेपाली कांगे्रस गण्डकी प्रदेशका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले रेडियोका अध्यक्ष नेत्रप्रसाद पाण्डे र प्रबन्धक तोलाकान्त बगालेलाई सम्मान पत्र हस्तान्तरण गर्दै आगामी दिनहरुमा पनि संचार क्षेत्रमा रेडियोको भुमिका अग्रणी रहोस भन्दै शुभकामना तथा बधाई व्यक्त गर्नुभयो । २०६३ सालमा ईजाजत प्राप्त गरी २०६४ साल मंसिर ६ गतेबाट प्रसारण शुरु गरेको रेडियो आँधीखोला अनलाईनबाट विश्वभर सुन्न सकिन्छ ।
गण्डकी र लुम्बिनी प्रदेशका झण्डै १८ जिल्लामा सुन्न सकिने रेडियो धधध।चबमष्यबलमजष्पजयबि।यचन तथा हाम्रो पात्रोमार्फत देश तथा विदेशमा यसको प्रसारण सुन्न सकिने छ । जिल्लाको पहिलो ध्वनी तरंगको रुपमा स्थापित रेडियो आँधीखोला ५०० वाट क्षमतामा प्रसारणमा रहेको छ भने ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टा प्रसारण हुँदै आएको छ । त्यस्तै दिवसको अवसरमा धनुष नेटवर्क प्रालिद्धारा सञ्चालित हेर्नेकुरा डटकम अनलाईन, पत्रकारद्धोय युवराज पौडेल र हिमाल न्यौपानेलाई समेत सम्मान गरिएको छ ।
संचार जगतको माध्यमबाट नागरिकलाई सूसुचित बनाएको भन्दै २ मिडिया र २ पत्रकार सम्मानित भएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति तथा सांसद कल्पना तिवारीले विपिको विचार, सिद्धान्त आज पनि समय सान्र्दभिक रहेको बताउनुभयो । मेलमिलापको निति लिएर अगाडि बढ्नुपर्ने भन्दै उहाँको निति र सिद्धान्तले सफल बन्न सकिने बताउनभुयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पार्टी उपसभापति मेखलाल श्रेष्ठ, पुर्व सांसद संकर पाण्डे, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, प्रजातन्त्र सेनानी तारापति सुवेदी, पार्टीका गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मापंगेनी, महासमिति सदस्य भरतप्रसाद लम्साल, महाधिवेसन प्रतिनिधि धनकुमारी थापा, प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश संयोजक जीवलाल काफ्ले, पार्टीका जिल्ला सदस्य इन्दिरा केसी, स्वतन्त्र सेनानी शालिकराम न्यौपाने, भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, पार्टीका आँधीखोला गाँउपालिका सभापति नरेन्द्रराज पौडेल, अलि मिया, तरुण दलका जिल्ला उपाध्यक्ष रविन केसीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जिल्ला सभाापति राजु थापाको सभपातित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति केदार काफ्ले र संचालन सचिव दामोदर लम्साल र सहसचिव धु्रव बन्धु पौडेलले गर्नुभएको थियो ।