अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो

news

 

पुस २०,  काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

हिजो काठमाण्डौ उपत्यकाको  न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।

आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना तत्काल नरहेको मौसमविद् मानन्धरले बताउनु भयो । तराईका धेरै ठाउँहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...