अहिले तरंगमा

केहि छिनमा

समाचार

नेल्टा स्याङजाको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सिंजाली

news

 
आरती कुँवर
वालिङ, २२ पौष ।
अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेल्टा स्याङजा ब्रान्चको अधिवेशन सम्पन्न भएको छ । नेपाल इग्लिस ल्याङगोइज टिचर्स एशोसिएसन (नेल्टा) स्याङजाको आठौ अधिवेशन शनिबार वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुदैं वालिङ नगरपालिका शिक्षा अधिकृत दुर्गा न्यौपानेले अंग्रेजी भाषामा विद्यार्थीको रुचि बढाउन र गुणस्तर सुधार गर्नका लागी अंग्रेजी भाषाका शिक्षकहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । आवश्यक पर्ने सहयोगका लागी शिक्षा शाखा हरबखत साथमा रहने उहाँको भनाई रहेको छ । 
कार्यक्रममा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साल लगायतले बोल्नुभएको थियो । गण्डकीका निवर्तमान अध्यक्ष डाक्टर नवराज न्यौपानेले कार्यक्रममा उपस्थित हुनुभएका शिक्षकहरुका लागी तालिम प्रदान गर्नुभएको थियो । नेल्टा स्याङजाका अध्यक्ष बुद्धी बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव याम प्रसाद डुम्रे (अमृत)ले र स्वागत सदस्य खगेन्द्र पाठकले गर्नुभएको थियो ।
आठौ अधिवेशनले ओमबिकास सिंजालीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले सिंजालीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा तोयानाथ कोइराला, सचिवमा यामप्रसाद डुम्रे (अमृत), सहसचिवमा लक्ष्मण रेग्मी, कोषध्यक्षमा भोज कुमारी पाण्डे निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा अर्जुन पौडेल, सिर्जना रोकाय, कमला अधिकारी सिक्देल, नन्दलाल पाण्डे, खगेन्द्र पाठक, शोभाकान्त शर्मा, लेखनाथ रेग्मी, नविन कुमार जिटी, दिलिप तिवारी र लोक गुरुङ रहनुभएको छ । त्यस्तै कार्यक्रम संयोजकमा सुनिल जिसी, सदस्यमा आनन्द अर्याल, राजु शर्मा र रेशम रेग्मी रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...