समाचार
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जाको १४औँ साधारण सभा तथा सातौँ
रेडियो आँधीखोला
वालिङ, २२ पौष ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जाको १४औँ साधारण सभा तथा सातौँ अधिवेसन शनिबार वालिङमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य किसान श्रेष्ठले शैक्षिक क्षेत्रमा सम्बन्धीत भएकाले स्टेशनरी तथा पुस्तक पसलहरुलाई गरिने व्यवहार फरक रहेको बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पुस्तक व्यवसायीको हकहितमा काम गर्दै आएको उहाँले बताउनुभयो ।
अधिवेसनले छायाँदेवि लुँईटेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा धु्रव खनाल, प्रथम उपाध्यक्षमा सुर्दशन रेग्मी, सचिवमा मणि न्यौपाने, सहसचिवमा सुनिता अर्याल, कोषाध्यक्षमा चिरञ्जीवी रेग्मी रहनुभएको छ त्यस्तै सदस्यहरुमा विद्या अर्याल, सिता पौडेल, नारायाणी तिमिल्सीना, सागर देवकोटा, अनिता कोईराला, रामकृष्ण भट्राई, गंगा खनाल डुम्रे रहनुभएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन समारोह अध्यक्ष रामु लुँईटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन द्रवेन्द्रदेव खनालले गर्नुभएको थियो ।