अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

मेलमिलापकर्ताहरुका लागि उच्चस्तरको तालिम

news

 
वालिङ, २३ पौष ।
वालिङ नगरपालिकामा रहेको मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम सुरु भएको छ ।  प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो । 
तालिमको शुभारम्भ गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले गाउँगाउँमा हुने गरेका विभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने काम भईरहेको बताउनुभयो ।  विभिन्न विवादमा मेलमिलापकर्ताको सकरात्मक भूमिका रहनु पर्ने भन्दै उपप्रमुख तिवारीले निस्वार्थभावले गरिने मेलमिलापकर्ता नगरका गहना भएको बताउनुभयो । 
वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको बताउनुभयो । आगामी दिनमा मेलमिलापकर्ताको सक्रियता र भूमिकालाई अझै प्रभावकारी बनाउदै लैजाने उहाँको भनाई छ । 
कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल, वालिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले मिलामिलापले मात्रै समाजमा एकआपसमा सहकार्य गर्ने अवस्था आउने बताउनुभयो । 
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका विवादहरु समाधानको सहजिकरणमा मेलमिलापकर्ताहरु सक्रिय रहेकाछन् ।”
पाँच दिन सम्म सञ्चालन हुने तालिममा  रमिला हुमागाई र रिता मानन्धरले सहजीकरण गर्नुहुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...