समाचार
नवजागरण संस्था को पहिलो अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः खनाल चयन
रेडियो आँधीखोला
वालिङ, २६ पौष ।
नवजागरण संस्था वालिङ १० को दोस्रो साधारण सभा तथा पहिलो अधिवेसन गह्रौँसुर परिसरमा सम्पन्न भएको छ । अधिवेसनले पुनः अर्जुनप्रसाद खनालको अध्यक्षतामा समिति गठन गरेको छ । संस्थाको सचिवमा तिलकप्रसाद पराजुली, कोषाध्यक्षमा हिमलाल पंगेनी, सदस्यहरुमा कविता भुषाल, मैयादेवि लम्साल, पुर्णकला वोस्ती, चेतनारायण श्रेष्ठ, यज्ञ पाठक, चक्रबन्धु रेग्मी रहुनभएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत यज्ञ पाठक र संचालन तिलकप्रसाद पराजुलीले गर्नुभएको थियो ।
२२ महिना अघि स्थापना भएको संस्थाले सानाठुला गरी २६ ओटा कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । संस्थाले आयआर्जनका लागी बंगुरका पाठापाठी वितरण, अदुवाको बिउ वितरणलगायतका विभिन्न कार्यक्रम गरेको जनाएको छ भने वालिङ १० पुर्णामृत भवानी मावि जाने बाटोमा करिव २ रोपनी जग्गामा पार्क समेत निर्माण सम्पन्न भईसकेको संस्थाका अध्यक्ष खनालले बताउनुभयो ।