समाचार
हिमसिखर आधारभुत विद्यालयको १८औँ वार्शिकोत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २६ पौष ।
वालिङ १४ पेखुठाना स्थित हिमसिखर आधारभुत विद्यालयको १८औँ वार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्शिकोत्सवको उद्दघाटन गर्दै वडा नंं. १४ का अध्यक्ष बोधराज कुवँर राजुले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर अभिवृद्धिका लागी वडा तथा नगरको तर्फबाट विषेश योजनाका साथ अगाडि बढेको बताउनुभयो । साथै अध्यक्ष कुँवरले अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणात्मक सम्बन्धले पनि विद्यालयको गुणस्तर वृद्धि गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य भगवती डुम्रे, पेखु स्वास्थ्यचौकी प्रमुख कृष्ण अर्याल्, समाजसेवी, पवित्रा खांण, होमबादुर खांण, राजेन्द्र खवास, कल्याणी खांण, मेघनाथ पौडेल, शिक्षक यज्ञ डुम्रे, विद्यार्थीहरु राजिव खांण, दिप्सन कुँवर, समिप पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले विद्यालयको २४ लाख ६२ हजार ९७५ रुपैँयाको आयव्यायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी पवित्रा र होमबहादुर खांणले पवित्रा होम अक्षयकोषको स्थापनाका लागी विद्यालयलाई ५१ ह्जार १११ प्रदान गर्नुभएको छ ।
उक्त अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खांण राजेन्द्रको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत शिक्षिका प्रमिला लामिछाने, धन्यवाद शिक्षक अभिभावक संघका अध्यक्ष पम्फा पौडेल र संचालन शिक्षक रञ्जित खांणले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त सांस्कृतिक कार्यक्रमको संचालन विद्यार्थीहरु प्रशान्त पौडेल र प्रकृति क्षेत्रिले गर्नुभएको थियो ।