समाचार
रेडक्रस सोसाइटी जगत भञ्ज्याङ उपशाखाको छैटौ अधिवेशन सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २७ पौष ।
नेपाल रेडक्रस सोसाइटी जगत भञ्ज्याङ उपशाखाको छँैटौ अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले भिमप्रसाद रेग्मिको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । रेडक्रस उपशाखाको उपसभापतीमा मथुरा शाही, सचिवमा नर बहादुर पौडेल, उप सचिवमा सुनिता खडका, कोषाध्यक्ष थमन बि.क, उप कोषाध्यक्षमा खिमाया थापा, सदस्यमा अनिता नेपालीलगायत रहनुभएको छ
कार्यक्रममा वडा अध्यक्ष छबिलाल आलेले समाजमा परेका आपतविपतमा रेडक्रसको भुमिका अतुलनीय रहेको भन्दै विसुद्ध मानविय भावनाका साथ अगाडि बढेको संस्था रेडक्रस भएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका उपमन्त्री खगेन्द्र प्रसाद अर्याल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सदस्य बिष्णुप्रताव खांडको सहभागिता थियो । नेपाल रेडक्रश सोसाइटी जगत भञ्ज्याङ उपशाखाका सभापती नरप्रसाद रेग्मिको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव नर बहादुर पौड्यलले गर्नु भएको थियो ।