समाचार
नमस्ते सहकारीको अध्यक्षमा पराजुली
रेडियो आँधीखोला
वालिङ, २९ पौष ।
नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको ११औँ साधारण सभा तथा चौँथो अधिवेसनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संस्थाको चौँथो अधिवेसनले विनोद पराजुलीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा डोलराज कोईराला, सचिवमा विजय कोईराला, कोषाध्यक्षमा विवेकरत्न तिवारी रहनुभएको छ । सदस्यहरुमा पोषराज कंडेल, वशुदेव अधिकारी, शुसिला रेग्मी अधीकारी, देवी रेग्मी खनाल, एकनारायण काईराला उत्तम, टिकाराम खनाल रहनुभएको छ ।
त्यस्तै लेखा समिति सँंयोजकमा खिलराज पाठक रहनुभएको छ भने सदस्य पछि मनोनित गरिनेछ । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका चेतनारायण श्रेष्ठले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै सहकारीले सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विष्णु पौडेल, चक्रबन्धु रेग्मी, बिमल अर्याल, युवराज गौतम, कृष्ण थापा, दिपक पराजुलीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, प्रबन्धकको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम अध्यक्ष गोविन्द तिवारीको अध्यक्षताम सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष विनोद पराजुलीले र सञ्चालन सचिव विजय कोइरालाले गर्नुभएको थियो ।