अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पेखु बाघखोर उपसाखाको सभापतिमा पुनः विष्णुप्रताप खांण

news

 
रेडियो आँधीखोला,
वालिङ १ माघ ।
नेपाल रेडक्रस सोसाईटी पेखु बाघखोर उपसाखाको वार्शिकोत्सव तथा छैठौँ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले पुनःविष्णुप्रताप खांणको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन  गरेको छ ।  उपसभापतिमा बुद्धिकुमारी लामिछाने पंगेनी, सचिवमा गोविन्दप्रसाद पंगेनी, कोषाध्यक्षमा यमकान्त गैह्रे, उपसचिवमा मित्रलाल खनाल उपकोषाध्यक्षमा केम्बरबहादुर सुनार हनुभएको छ । त्यस्तै सदस्यहरुमा महिलातर्फ पवित्रा खांण, शिवकुमार अर्याल, कृष्णप्रसाद पंगेनी, रामचन्द्र अर्याल, ढालबहादुर खांण रहनुभएको छ । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी  स्याङ्जा साखाका उपमन्त्री खगेन्द्रप्रसाद अर्यालले सेवा नै धर्म रहेको भन्दै सेवाभावका साथ स्थापित रेडक्रस सोसाईटीले धेरै व्यक्तिलाई अकाल मृत्युबाट जोगाउन सफल भएको बताउनुभयो । कार्यक्रममा निर्वाचन अधिकृत विष्णु सुवेदी, सहनिर्वाचन अधिकृत पदमप्रसाद पाण्डे, धनुँबासे उपसाखाका सभापति गुणनिधि काफ्लेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
कार्यक्रम सभापति विष्णुप्रताप खांणको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपसाखाका निर्वाचित सभापति खांणले कार्यक्रममा उपस्थित सबैलाई आफ्नो व्यक्तिगत खर्चबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...