अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बयरघारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको सार्वजानिक सुनुवाई

news

 
रेडियो आँधीखोला 
वालिङ, ६ माघ ।
भीरकोट नगरपालिकाको बयरघारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको सार्वजानिक सुनुवाई गरिएको छ । बयरघारीको सिटिहलमा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना वडा प्रहरी कार्यालय वालिङले गरेको हो । 
 
कार्यक्रममा सहभागिहरुले प्रहरी बजारकेन्द्रित मात्रै भएको हुँदा ग्रामिण क्षेत्रमा पनि प्रहरी गस्ती तथा परिचालन हुुनुपर्ने बताएका छन् । साथै सहभागिले विहान विद्यालय तथा कार्यालय जाने समय ९ बजेदेखि साँघुरो सडकमा चाप बढी हुने भएकाले ट्राफिक व्यवस्थापनमा प्रहरीले ध्यान दिनुपर्ने समेत सुझाव दिएका छन् । साथै अटोको निश्चित रुट हुुुनुपर्ने, अटो  संचालन नगरपालिकामा दर्ता गरेर मात्रै सञ्चालन हुनुपर्नेमा सहभागिको जोड थियो । 
 
कार्यक्रममा भीरकोट नगरपालिका निर्वतमान नगरप्रमुख छायाराम खनालले चेतनाको विकास आँफू र आफ्ना परिवारबाटै शुरुवात गर्नुपर्ने बताउनुभयो । खनालले भन्नुभयो, “चेतना घरघरबाट शुरु हुुनुपर्छ । आम नागरिक बर्दी बिनाको प्रहरी हो । समुदायमा सुशासन कायम गर्न शान्ति सुरक्षा कायम गर्न आम नागरिकको भुमिका झनै महत्वपुर्ण छ ।” प्रहरीको एक्लैको प्रयासले मात्रै दुर्घटना न्युनिकरण लागू औषध प्रयोगमा कमी हुन नसक्ने भन्दै यसका लागी आम नागरिकको पनि उत्तिकै भुमिका रहने बताउनुभयो । 
 
कार्यक्रममा डिएसपि ईकबाल हवारीले वडा प्रहरी कार्यालयबाट गरिएको एक वर्षको काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, बालमैत्रि सहजकर्ता विष्णुमाया काफ्लेलगायतले बोल्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...