अहिले तरंगमा

केहि छिनमा

समाचार

अमिलढुंगा, चीसापानी क्षेत्रमा जग्गा संरक्षण कार्यका लागी सरोकारवालासंग अन्र्तक्रिया

news

 
रेडियो आँधीखोला 
वालिङ, १६ माघ ।
वालिङ १ अमिलढुंगा, चीसापानी क्षेत्रमा जग्गा संरक्षण, सिँचाई, एवं कृषि उत्पादन प्रर्वद्धन कार्यका लागी सरोकारवालासंग अन्र्तक्रिया कार्यक्रम त्रियाशीमा सोमबार सम्पन्न भएको छ । कृषि विकास स्रोत केन्द्र स्याङ्जाको आयोजना र कृषि ज्ञान केन्द्र स्याङ्जाको सहकार्यमा सरोकारवालासंग अन्र्तक्रिया गरिको हो । 
कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले निर्वाहमुखी नभई व्यवसायिक रुपमा कृषि गर्नुपर्ने भन्दै कृषिका लागी नगरपालिकाले निति तथा कार्यक्रम नै बनाएर प्रर्याप्त बजेट विनियोजन समेत गरेको बताउनुभयो । 
उत्पादनमा आधारित अनुदान दिने निति लिनुपर्ने भन्दै वास्तविक कृषककोमा स्थानीय तह पुग्ने गरी नगरपालिकाले काम अगाडि बढाएको उपप्रमुख गैह्रेले बताउनुभयो । कृषिको विकास नै नगर समृद्ध हुने भएकाले नदोहोरिने गरी कृषकलाई अनुदानलगायतका प्राविधिक सहयोग  गर्ने भन्दै माटो तथा हावापानी सुहाउँने खेति गर्न कृषकलाई प्रेरित गरिने उहाँले बताउनुभयो । 
कार्यक्रममा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका कृषि महानिर्देशक बासुदेव रेग्मी, कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल, कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदिप रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्राविधिक इन्द्र सुवेदी, त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्याललगायतले बोल्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...