समाचार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पोखराद्धारा खाद्य स्वच्छता सम्बन्धी अन्र्तक्रिया
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पोखराको प्राविधिक सहयोग तथा वालिङ नगरपालिकाको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी अन्र्तक्रिया बुधबार वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख खड्कराज सुवेदीले खाद्य स्वच्छता आवश्यक रहेको भन्दै यसका लागी तल्लो तहसम्म चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
प्रकृतिलाई बचाउने र मानिसले विषादी रहित खाद्य उपभोग गर्ने हो भने नेपालमा औषत आयु बढ्ने बताउनुभयो । स्वस्थ नागरिकका लागी स्वच्छ खाना, वातावरण आवश्यक रहने भन्दै खाद्य स्वच्छता महत्वपुर्ण पक्ष रहेको बताउनुभयो । कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले उद्योग वाणिज्य संघको सहकार्यमा स्थानीय तहमा बजार अनुगमनको पक्षलाई प्रभावकारी बनाउने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजेन्द्र मरासिनी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा खाद्य प्रविधि कथा गुण नियन्त्रण कार्यालयका कार्यकारी निर्देशक विजन श्रेष्ठले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले खाद्य स्वच्छता र गुणस्तर, खाद्य स्वच्छताको महत्व, खाद्य अस्वस्छताका कारण, खाद्य वस्तुमा भौतिक जोखिम, खाद्य वस्तुमा प्रयोग हुने अदृष्य रसायनलगायतको विषयमा सहजीकरण गर्नुभएको थियो भने खाद्य गुणस्तर नियमन सम्बन्धी निति, ऐन र नियमका बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लाका ११ वटै पालिकाका उपप्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।