अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ नगरपालिकाकाले गर्यो पशु स्वास्थ्य शिविर ।

news

 
रेडियो आँधीखोला,
वालिङ ५ चैत ।
वालिङ नगरपालिकाले पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तरगत वालिङ नगरपालिका भित्रका वडामा निशुल्क पशु स्वास्थ्य शिविरि सम्पन्न गरेको छ । केहि समय अगाडि किषानहरुको उत्पादनको आधारमा अनुदान दिने मनसायले प्रति लिटर दुधमा दश रुपैया अनुदान दिने निर्णय गरेको नगरपालिकाले कृषकको मनोवल उच्च बनाउनको निम्ति घरमै गएर पशुको स्वास्थ्य उपचार र निशुल्क औषधि वितरण गरिएको छ । 
वालिङ नगरपालिका वडा न १०,१२,१३ र १४ मा गाई, भैसी, बाख्रा, बंगुर,कुकुर गरि करिव चार हजार पशुको स्वास्थ्य जाँच गरिएकोनगरपालिकाले जानकारी दिएको छ । 
पशु स्वास्थ्य शिविरमा आन्तरिक र बाहिरी परिजिवि, बाझोपन, गोवर परिक्षण, थुनेलो परिक्षण, बन्धायकरण रेविज भ्याक्सिन र औषधि निशुल्क वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख माधव डुम्रेले जानकारी दिनुभयो । 
पशुहरुमा रेविज भ्याक्सिन र सरुवा रोगबाट मानिसलाइ हुने जोखिमको न्युनिकरण र स्वस्थ माशु, दुध उत्पादनलाइ प्रोत्साहन र किषानहरुको सहजताको लागि यो कार्यक्रम लागु गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । 
उत्पादनको आधारमा कृषकलाइ अनुदान दिने र वालिङ नगरपालिका भित्रका नागरिकले उत्पादन गरेको माशु, दुधको बजार व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको र वजार ग्यारेण्टी गर्ने नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारि दिनुभयो । 
किषानहरुले घरमै पशु चौपायको स्वास्थ्य परिक्षण गर्न पाउदा खुसी भएका छन । समय समयमा कृषकहरुको आवश्यकतालाइ मध्यनजर गरि नगरपालिकाले प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कृषकहरुको भनाइ छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...