समाचार
भुपू सैनिक माविको ३०औँ साधारण सभा
रेडियो आँधीखोला,
वालिङ १० चैत्र ।
भुपू सैनिक आवसिय माध्यमिक विद्यालय वालिङकोे ३०औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार विद्यालय प्रांगणमा गरिएको साधारण सभाको उद्दघाटन विद्यालयका पुर्व निर्देशक ८४ वर्षीय क्या. हर्कबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रम उद्दघाटन गर्दै पुर्व निर्देशक थापाले विद्यालयलाई थप उचाईमा पु¥याउनका लागी संचालक समिति, शिक्षक, अभिभावक र विद्यार्थीको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । साथै उहाँले विद्यालयमा व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आईएको भन्दै विद्यालय शैक्षिक तथा भौतिक विकासका लागी आँफू प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष इन्द्रबहादुर थापा, कोषाध्यक्ष शाहबहादुर गुरुङ, आर्थिाक लेखा परिक्षण समितिका संयोजक टोपबहादुर थापा, प्रिन्सीपल सोमुमाया रानाले आ–आफ्ना प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालयका बोर्ड अफ डाईरेक्टर ल्या.यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विद्यालयका अध्यक्ष इन्द्रबहादुर थापा र संचालन शिक्षक प्रतिनिधि दिलकुमार थापाले गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा समितिमा रहेको रिक्त एक सदस्यको परिपुर्ति गरिएको छ । रिक्त सदस्यमा प्रताप थापालाई सदस्यमा अनुमोदन गरिएको विद्यालय संचालक समिति सदस्य शान्ता थापाले जानकारी दिनभुयो । विद्यालयमा १०४ जना सेयर सदस्य रहेका छन् भने वालिङ तथा आसपासका ४५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा प्लस टूमा होटल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको छ ।