समाचार
लायन्स क्लब अफ वालिङ सिटिको अध्यक्षमा स्वाँ श्रेष्ठ
रेडियो आँधीखोला,
वालिङ ११ चैत ।
लायन्स क्लब अफ वालिङ सिटिको अध्यक्षमा स्वाँ श्रेष्ठ चयन हुनुभएको छ । क्लबको १४औँ अधिवेसनले श्रेष्ठको अध्यक्षतामा सन २०२४, २५ को लागी नयाँ समिति चयन गरेको हो । होलीको अवसरमा होली मिलन सहित आयोजना गरिएको अधिवेसनले प्रथम उपाध्यक्षमा पार्वती पंगेनी, द्धितिय उपाध्यक्षमा गोविन्द तिवारी, तृतिय उपाध्यक्षमा दिपक रेग्मी, सचिवमा तोलाकान्त बगाले, कोषाध्यक्षमा डण्डपानी पंगेनी, सहसचिवमा इन्द्रप्रसाद भुषाललाई चयन गरेको छ भने अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रमको उद्दघाटनका अवसरमा वालिङ नगर निर्वतमान मेयर दिलिपप्रताप खांणले लायन्स विसुद्ध सामाजिक संस्था भएकाले क्लबले स्थापनाकालदेखि नै समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । साथै खांणले लायन्स तथा वालिङमा रहेका अन्य सामाजिक संघसंस्थाले वालिङको पहिचानलाई थप माथि उकास्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको भन्दै लायन्स क्लब सँधै मानव सेवामा समर्पित हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा क्लबका डिर्पाटमेन्ट चिफ चेतनारायण श्रेष्ठ, क्लबका पुर्व अध्यक्षहरु सिताराम अधिकारी, कविता भुषाल, दिपक लम्साल, चुत्रकुमारी थापा दुर्गालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम वर्ष २०२३,२४ का अध्यक्ष विजय कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रथम उपाध्यक्ष स्वाँ श्रेष्ठ र संचालन सचिव दिपक रेग्मीले गर्नुभएको थियो ।