अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न चार जनाविरुद्ध मुद्दा शुुरु

news

 

चैत १२,  रुसले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न रहेका भन्दै चार जना आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ । कम्तिमा १ सय ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको अभियोगमा एकजना ह्वीलचेयर प्रयोगकर्तासहित चारै जनालाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा लगिएको बीबीसीले जनाएको छ ।

सबै अभियुक्त घाइते अवस्थामा रहेका खबरमा उल्लेख छ । गएको शुक्रवार क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका बेला आक्रमण गरेको इस्लामिक स्टेट समूहले दाबी गरेको छ । रुसी अधिकारीहरूले भने कुनै प्रमाण बिना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई अस्वीकार गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...