समाचार
जनप्रतिनिधि र कर्मचारीहरु बीच अन्र्तक्रिया
रेडियो आँधीखोला
वालिङ, १६ चैत्र ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकाको समन्वयमा जनप्रतिनिधि र कर्मचारीहरु बीच अन्र्तक्रिया सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयले आँफूले प्रवाह गर्ने सेवासुविधाको विषयमा थप प्रष्ट पार्दै स्थानीय तहमा रहेका बाधाहरुलाई कसरी सुल्झाउँदै वडा तथा नगरपालिकाले सेवा प्रवाह गर्ने भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो । भीरकोटका ९ वटै वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले नागरिकता, नाबालक परिचय पत्रलगायतमा देखिने जटिलतालाई कसरी फुकाउने भन्ने विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा प्रजिअ सुनिता नेपालले नेपालका नागरिक कोहि पनि नागरिकता नपाउँने समस्या हुन नहुँने भन्दै यसमा देखिने जटिलतालाई स्थानीय तह र प्रशासनले समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नगरबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त पारिएको भन्दै प्रशासनसंग समन्वय गर्र्र्दै प्रशासनिक कार्यलाई थप व्यवस्थीत बनाउने बताउनुभयो ।