समाचार
गल्याङमा राजयोग मेडिटेशन प्रशिक्षण शुरु
रेडियो आँधीखोला
वालिङ, १७ चैत्र ।
स्याङ्जाको गल्याङमा ५ दिने मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागी राजयोग मेडिटेशन प्रशिक्षण संचालन गरिएको छ । नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजना र बह्रमाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङको समन्वयमा मेडिटेशन प्रशिक्षण शुरु गरिएको हो ।
ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका निर्देशक राजयोग बह्रमाकुमारी परनीताले आत्मिक शक्ति प्राप्त गर्ने विधि अपनाउन सकेनौ भने मानिस दुःखी र असान्त रहने बताउनुभयो । आफ्नो आत्मलाई चिन्न आवश्यक रहेको भन्दै पछिल्लो समय मानिसको बढ्दो व्यस्तता र खानपानमा समेत ध्यान दिन नसक्दा मनमा असान्त बढेको उहाँले बताउनुभयो । सकरात्मक सोचले सबै कुरा सकरात्मक हुने भएकाले सबै सकरात्मक बन्नु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर सभापति एवम् गरिमा विकास बैंक केन्द्रिय अध्यक्ष श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्र देब खनाल, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटी अध्यक्ष चित्र बहादुर थापा मगर, ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका राजयोग बह्रमाकुमारी महासचिव शैलेश राज बराल, गल्याङ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पाँच दिन सम्म सञ्चालन हुने तालिममा गल्याङ नगरपालिका नगर कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न आमा समूह, क्लव तथा शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको तालिममा बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनुभएको छ । दैनिक ३ चरणमा सञ्चालन गरिएको बह्रमाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङका प्रमुख शोभा बरालले जानकारी दिनु भयो ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ नगर शिक्षा समिति सदस्य द्रर्बेन्द्रदेब खनालले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख हिमाल भण्डारीले गर्नु भएको थियो ।