अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्थानीय संघसंस्थाहरुले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको छ ः मन्त्री अर्याल

news

 
रेडियो आँधीखोला
वालिङ, १७ चैत्र ।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले स्थानीय स्तरमा रहेका विभिन्न संघसंस्थाहरुले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । नवजागरण संस्था वालिङद्धारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री अर्यालतिवारीले यस्तो बताउनुभएको हो । 
स्थानीय स्तरमा संचालित संघसंस्थाहरुले समाजका समस्याहरुलाई नजिकबाट निलाल्ने र समाधानको लागी सम्बन्धीत निकायसंग समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै मन्त्री अर्यालतिवारीले नयाँ वर्षले मुलुकमा सकरात्मक परिर्वतन आउने भन्दै स्याङ्जाको विकासका लागी आँफू सँधै प्रतिवद्ध भएर अगाडि बढेको बताउनुभयो । कार्यक्रममा समाजसेवी जलेश्वर पाण्डेले समेत नयाँ वर्षको शुभकामना व्यक्त गर्दै नवजागरण संस्थाले स्थापनाकालदेखि नै रचनात्मक कार्य गर्दै आएको भन्दै संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...