समाचार
भेषजराज साहित्य प्रतिष्ठान वालिङको रचना वाचन कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २४ चैत ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानले हरेक महिनामा नियमित रचना वाचनको कार्यक्रम विभिन्न फरक फरक स्थानमा आयोजना गर्दै आएको छ । शनिबार वालिङ ८ गणेश लक्ष्मीनारायण मन्दिर बगालेटोलमा गरिएको कार्यक्रममा स्रष्टाहरुले आ–आफ्ना कविता, मुक्तकहरु वाचन गर्नुभएको थियो ।
कार्यक्रममा कवयित्री दमकुमारी बगाले, धु्रवप्रसाद शर्मापंगेनी, प्रेमप्रसाद सुवेदी, नारायणप्रसाद रेग्मी भविश्वर पंगेनी, पारीश्वर न्यौपाने, विष्णु पंगेनीपाण्डे, लेखनाथ काफ्लेलगायतका स्रष्टाहरुले कविता , मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा कमल बगालेले लघुकथा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी भरतप्रसाद बगालेले साहित्य समाजको ऐना भएको भन्दै समाजका कुरिति र कुसंस्कारका विरुद्ध साहित्यीक कलमले सकरात्मक प्रभाव पार्ने बताउनुभयो । कार्यक्रम बगालेटोल विकास समितिका अध्यक्ष रामचन्द्र अर्यालकोे अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लेखनाथ काफ्ले र संचालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।