समाचार
भीरकोट ५ सिम्लेमा स्वास्थ्य चौकी निर्माण हुने
रेडियो आँधीखोला,
वालिङ १ बैसाख ।
स्याङ्जाको भीरकोट ५ सिम्लेमा स्वास्थ्य चौकी निर्माण हुनेभएको छ । शनिबार स्वास्थ्य चौकीको शिलन्यास गर्दै भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्वास्थ्य संस्थाको स्थापना सँगै यस क्षेत्रमा समस्याको रुपमा रहेको आँधिखोला नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा बृहत तटबन्धन निर्माण गरिने समेत बताउनुभयो । नगरका सबै नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागी नगरपालिका प्रतिवद्ध भएर लागिपरेको नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका नगर सभापति एवं वडा नं. ५का निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारीले स्वास्थ्य संस्था निर्माण तथा यसको विकासका लागि निरन्तर लागिरहने बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष सुवेदार कृष्ण बहादुर थापा, सदस्य शेषकान्त तिवारी, जनप्रिय मावि शिक्षक कृष्ण प्रसाद पौडेल ,चन्द्र ध्वज खाँड, भक्त खाँड, मिना खाँड, राजेन्द्र बहादुर सिंहलगायत स्थानीयको सहभागिता रहेको थियो । भीरकोट ५ सिम्ले निवासी आनन्द कुमारी खाँड, फूल कुमारी खाँड, यामबहादुर खांण, बेत कुमारी खाँड र कोक कुमारी सेनले करिब ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएपछि सिम्लेमा स्वास्थ्य चौकी निर्माणको थालनी गरिएको हो ।