अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नागरिकका असिमित आयोजनालाई सिमित स्रोतले पुरा गर्नुपर्ने बाध्यता छ ः सभापति अर्याल

news

 
रेडियो आँधीखोला,
वालिङ ४ बैसाख ।
स्याङ्जाको गल्याङ ६ देवीस्थानमा देवीस्थान– चन्द्रकोट पर्यटन विकास सम्भावना र चुनौती बिषयक अन्तरक्रिया तथा नयाँ बर्षको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा पिडिखोला रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा आयोजित कार्यक्रमकोे उदघाटन गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले गर्नुभएको हो । उदघाटन कार्यक्रममा सभापति अर्यालले मुलुक आर्थिक संकटमा गुज्रिरहेको अबस्थामा नागरिकका विकासका आधारभुत आवश्यकता पूरा गर्न कठिनाइ भएकोे बताउनुभयो ।  
जनप्रतिनिधि भएपछि नागरिकको काम गर्ने इच्छा र भावना रहेपनि नागरिकका असिमित विकासका आयोजनाहरु सिमित स्रोत साधनले पूरा गर्नुपर्ने बाध्यता रहेको सभापति अर्यालले बताउनुभयो । बायाटारी देखि पिडिखोला हुँदै सेतीवेणी सम्म पुग्ने सडकलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको बताउदै सभापति अर्यालले यो सडक निर्माण सम्पन्न पछि कालीगण्डकी कोरिडोर सँग जोडिने बताउनुभयो । उक्त सडकले देवीस्थान चन्द्रकोटको पर्टकीय विकासका लागि टेवा पुग्ने उहाँको भनाई थियो । 
स्याङ्जा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला भएकाले ऐतिहासिक महत्व बोकेको देवीस्थान चन्द्रकोटको विकास गर्नु जरुरी रहेको बताउनुभयो । पर्यटकीय क्षेत्रको विकास सँगै रोजगार पनि सिर्जना गर्न सकिने भएकाले तिनै तहका सरकारको ध्यान देवीस्थान चन्द्रकोटमा पुग्नुपर्नेमा सभापति अर्यालको जोड छ । यो ठाउँ पर्यटन क्षेत्रका लागि निकै सम्भावना भएकाले यसको डिपिआर तयार गरि अगाडि बढाउनु भन्दै यस क्षेत्रको विकास हुँदै जाँद बसाइँ सराई बढ्नु दुखद भएको अर्यालको गुनासो थियो । पिडिखोला मात्रै होईन स्याङ्जाका हरेक गाउँबाट हुने बसाईसराई रोक्नुपर्नेमा उहाँको जोड थियो  । 
कार्यक्रममा गण्डकी प्रदेश सांसद मित्रलाल बस्याल, गल्याङ नगरपालिकाका पुर्व मेयर भुपराज अधिकारी, गल्याङ ६ का वडा अध्यक्ष दिपछिरिङ् गुरुङ लगायतका बक्ताहरुले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको थियो । पुर्व जनप्रतिनिधिहरुले शुरु गरेका राम्रा आयोजनालाई नयाँ जनप्रतिनिधिले काट्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
सम्पर्क समाजका सल्लाहकार घनश्याम चापागाईं, देवीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अग्नीलाल भुषाल र सचिव प्रदिप सुवेदी लगायतका बक्ताहरुले देवीस्थान चन्द्रकोट पर्यटन विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । सम्पर्क समाजका अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत भुपराज चापागाईंले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...